
रामेछाप । रामेछापको मन्थली नगरपालिकाको चालु आर्थिक वर्षको पाँच महिनामा १८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
शुक्रबार वडा नम्बर २ को कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बजेट कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। उहाँकाअनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रूपैयाँ बजेट स्वीकृत गरिएको छ।
मङ्सिर मसान्तसम्म आइपुग्दा चालु खर्च २६ प्रतिशत, पुँजीगत खर्च करिब २ प्रतिशत र कुल बजेट खर्च १८ प्रतिशत मात्र भएको छ।