पाल्पाका सरकारी कार्यालयहरूमा अनियमितता बढ्याे

मंसिर २९, २०८२ |माधव अर्याल
पाल्पाका सरकारी कार्यालयहरूमा अनियमितता बढ्याे

पाल्पा । आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा पाल्पाका संघीय, प्रदेश र स्थानीय तहका साथै अन्य सरकारी कार्यालयहरूमा अनियमितता बढेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले सोमबार तानसेनमा राखेको कार्यक्रममा पाल्पाका कार्यालय अनुगमन तथा सेवाग्राही सर्वेक्षण नतिजाले यस्तो देखाएको हो । पाल्पाका ३२ वटा कार्यालयमा गरेको अनुगमनले त्यहाँ अनियमितता हुने गरेको, कार्यालय प्रमुख काज मिलाएर लामो समयदेखि काठमाडौं बस्ने गरेकोलगायतका समस्या भेटिएको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हिरामणि सुवेदीले जानकारी दिनुभयो ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।