
गलकोट (बागलुङ) । बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९ सय ८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९ सय ३२ मतमा रास्वपाका खड्काले २० हजार ९ सय २७ मत प्राप्त गर्नुभएको थियो । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६ सय ४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५ सय २१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५ सय २३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।