राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विज्ञहरूले निष्कृय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू कारक रहेको बताए । पूर्वबैंकर पर्शुराम कुँवर र ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकको नीतिहरू बैंकहरूले सही रूपमा कार्यान्वयन नगर्दा समस्या भइरहेको बताउनुभयो । विज्ञहरूले बजारमा देखिएको नकारात्मक मनोविज्ञान समाधानमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.