बागलुङमा माग कम भएसँगै कोदो उत्पादनमा कमी

जिल्लामा ६९ मेट्रिक टनले उत्पादनमा गिरावट
मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङमा माग कम भएसँगै कोदो उत्पादनमा कमी

बागलुङ । बागलुङमा कोदो खेतीप्रति किसानको आकर्षण कम हुन थालेपछि उत्पादनमा कमी आएको छ। 

यस वर्ष जिल्लामा ६९ मेट्रिक टनले कोदो उत्पादनमा कमी आएको हो । गत वर्ष १० हजार ८ सय उत्पादन भएको कोदो यस वर्ष घटेर १० हजार ७ सय ३१ मेट्रिक टन उत्पादन भएको छ। माग कम हुँदै जाँदा कोदो खेतीको विकल्पको रूपमा सुन्तला, केरा र कागती खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। 

अर्कोतर्फ उन्नत जातको कोदोको साटो स्थानीय जातको कोदो लगाएका कारण पनि उत्पादनमा कमी आएको कृर्षि विकास कार्यालय बागलुङले जनाएको छ । दैनिक जीवनमा बिहान बेलुकी खाद्य साम्रगीको रुपमा कोदोको परिकार खाने चलन कम भएपछि माग समेत घटेको हो। 

बसाइसराइ र जनशक्ति अभावको कारण पनि कोदो खेती लगाउन सकस भएका कारण उत्पादनमा क्रमश: ह्रास आएको किसानहरू स्वीकार्छन् । बागलुङमा ३० हजार ४ सय हेक्टर खेती योग्य जमिन मध्य १८ हजार हेक्टर क्षेत्रफलमा कोदो बाली लगाउने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.