जुम्लामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला हुने

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला हुने

जुम्ला । जुम्लामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला हुने भएको छ । 

मंसिर २७ गते एक दिने प्रदर्शनी हुन लागेको चन्दननाथ नगरपालिका कृषि विकास शाखाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। मेलामा लोप हुन लागेका रैथाने बालीका परिकारको प्रदर्शनी हुने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले जानकारी दिनुभयो। 

मेलाले कृषिका सम्भावना, परम्परागत प्रजातिको संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। मंसिर २७ गते एक दिने प्रदर्शनी हुन लागेको चन्दननाथ नगरपालिका कृषि विकास शाखाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। 

मेलामा लोप हुन लागेका रैथाने बालीका परिकारको प्रदर्शनी हुने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले जानकारी दिनुभयो। मेलाले कृषिका सम्भावना, परम्परागत प्रजातिको संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने कृषि विकास शाखा प्रमुख शरद पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनीमा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाभित्रका किसानका १२ वटा स्टल रहने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.