विराटनगरमा विराट ट्रेड एक्स्पो हुने

मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
विराटनगरमा विराट ट्रेड एक्स्पो हुने

विराटनगर । विराटनगर दुईमा पुस नौ गतेदेखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो हुने भएको छ । 

मोरङ उद्योग व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनुपम राठीले एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीका दुईसय ३० वटा स्टल रहने बताउनु भयो । 

उद्योग-व्यवसायको प्रवर्द्धन, स्वदेशी उत्पादनको संरक्षण तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यसहित एक्स्पो आयोजना हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.