बुटवलका किसानलाई मकैबाट व्यावसायिक परिकार बनाउने तालिम

वैकल्पिक उत्पादनमा जोड दिने लक्ष्य
मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुटवलका किसानलाई मकैबाट व्यावसायिक परिकार बनाउने तालिम

बुटवल । बुटवलमा मकैबाट व्यवसायिक परिकार बनाउन थालिएको छ । 

मकैको पिठोलाई प्रशोधन गरी उनीहरुले बेकरी, केक, दोनट, कुकिज, ब्रेडलगायतका परिकार तयार गरेका हुन् । मकैलाई ब्रान्डिड गर्न भन्दै बुटवल उपमहानगरले ३० जना मकै खेतीमा संलग्न युवा किसानलाई मकैका आधुनिक परिकार र बेकरी परिकार बनाउन सिकाइएको छ ।

बुटवल उपमहानगरले १४ र १९ वडालाई मकै पकेट क्षेत्र घोषणा गरी व्यवसायिक मकै खेती गरिरहेको छ । त्यही क्षेत्रका किसानले नि:शुल्क ६ दिने मकैका परिकार बनाउने कुकिड र बेकिड तालिम लिएका थिए । पछिल्लो समय परम्परागत खानालाई आधुनिकतामा र"पान्तरण गरी व्यवसायिक बनाउने लहर चलेको छ । 

यस्तोमा मकैको पिठोबाट आधुनिक परिकार बनाउन सिक्न पाउदा सहभागी युवा किसान पनि निकै उत्साहित छन् । बुटवल उपमहानगरले तालिमपछि व्यवसायिक रुपमा मकैका परिकार बनाउने किसानलाई अनुदान दिने छ । त्यसका लागि सीप सिकेका किसानले एकल वा सामूहिक रूपमा आवेदन पेस गर्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.