नेप्से परिसूचक १०.४३ अंकले बढ्यो

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचक १०.४३ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव ०३ विन्दुमा कायम भएको छ । यो शून्य दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ । १ सय ३१ कम्पनीको मूल्य बढेको छ भने १ सय २१ को घटेको छ भने ६ कम्पनी स्थिर छन् ।

आज सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् । आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् ।

साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.