प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो । अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'हामी स्पष्ट छौँ । चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै । चुनाव नै अबको एक मात्र निकास हो ।'

उहाँले तराई–मधेसको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महत्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.