
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।
आज बालुवाटारमा बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो । संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल हुनुहुन्छ भने नेकपा एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । एमालेले सरकार निर्वाचनमय वातावरण बनाउन नलागेको, एमालेका नेताहरुलाई स्थान हद तोकेको र नेताहरुलाई कार्यक्रममा जान रोक लगाएको भन्दै निर्वाचन गराउन सरकार प्रयासरत नरहेको बताउँदै आएको छ । एमालेले संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा निवेदनसमेत दिएको छ । एमालेले वर्तमान सरकार अवैधानिक रुपमा बनेकाले यो सरकारले निर्वाचन नगराउने बताएको छ । यद्यपि एमालेले निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छ ।