नेपाली कम्युनिष्ट पार्टीमा चारवटा विभिन्न घटक समायोजन

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कम्युनिष्ट पार्टीमा चारवटा विभिन्न घटक समायोजन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा चारवटा विभिन्न घटक समायोजन भएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एकता सभामा नेकपाका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट शक्तिहरु एकजुट हुनुपर्नेमा जोडदिनुभयो । उहाँले जेन–जीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको पनि बताउनु भयो ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गर्नुभयो । त्यसअवसरमा जसपा नेपालका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु र अन्य घटकहरु पनि नेकपामा समाहित भएका थिए ।

नेकपामा जोडिएकी २१ वर्षिया मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको कार्यक्रम घोषणा गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.