कात्तिकमा आयात र निर्यात दुवै घटे, यो आर्थिक वर्षको सबैभन्दा कम आयात कात्तिकमा

आर्थिक सिथिलता थप लम्बिएको अर्थविद्हरूको तर्क
मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कात्तिकमा आयात र निर्यात दुवै घटे, यो आर्थिक वर्षको सबैभन्दा कम आयात कात्तिकमा

काठमाडौं । कात्तिक महिनामा फेरि आयातमा संकुचन आएको छ । 

जेन-जी आन्दोलनपश्चात् बजारमा झनै कारोबारमा कमि आउँदा त्यसले बजारमा माग घटाएका कारण आयात खुम्चिएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनासम्म ६ खर्ब ९ अर्ब बराबरको आयात भएको छ । गत असोजसम्म ४ खर्ब ६८ अर्बको आयात भएको थियो भने असोजमा मात्रै १ खर्ब ६३ अर्बको आयात भएको थियो । तर कात्तिक महिनामा भने आयात १ खर्ब ४१ अर्बमा सीमित भएको छ । 

जबकि भदौमा १ खर्ब ६२ अर्ब र वर्षको सुरूवाती महिनामा १ खर्ब ४३ अर्ब बराबरको आयात भएको थियो । अर्थविद्हरू यसरी आयात कम हुनुले बजारमा थप माग कम भएको हुनसक्ने संकेत गरेको बताउँछन् । कात्तिक महिनासम्ममा ९३ अर्ब बराबरको निर्यात भएको छ । 

असोजसम्ममा ७२ अर्ब निर्यात भएकोमा कात्तिकमा २१ अर्ब थपिएको हो । साउनमा २३ अर्ब र भदौमा थप २४ अर्बको आयात भएको थियो । र, असोजमा थप २५ अर्बको निर्यात भएको छ । विस्तारै बढेको निर्यातमा पनि केही कमि आएको देखिएको छ भने ठूलो मात्रामा आयात कमि आएको देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.