करिब १६ अंकले बढ्यो नेप्से

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
करिब १६ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार पनि शेयर बजार बढेको छ । 

अन्तिम समयमा बजार बन्द हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । नेप्से ०.६१ प्रतिशतले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ ।

दोस्रो दिन पनि नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रूपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । मंगलबार लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको छ । उक्त समूह १.२८ प्रतिशतले बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.