
काठमाडौं । टायल्स र बाथवेयर उत्पादक सोमानी सेरामिक्सले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नेपाल क्रिकेट टिमका पूर्व कप्तान खड्कासँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ता र बजारमा अग्रणी स्थानलाई थप सुदृढ बनाउने कम्पनीले दाबी गरेको छ ।
कार्यक्रममा खड्काले सोमानी सेरामिक्ससँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै उत्कृष्ट र गुणस्तरीय ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।