निर्माण सुरू भएको १३ वर्षपछि शीतभण्डार भवन निर्माणको काम सम्पन्न

कार्तिक २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्माण सुरू भएको १३ वर्षपछि शीतभण्डार भवन निर्माणको काम सम्पन्न

पाल्पा । निर्माण सुरू भएको १३ वर्षपछि पाल्पाको तानसेन बाघखोरमा शीतभण्डार भवन निर्माणको काम सकिएको छ ।

चार रोपनी क्षेत्रफलमा दुई सय मेट्रिक टन क्षमताको शीतभण्डारसँगै वरपरको भागमा तारबार, फूलबारी, कार्यालय भवन, गार्डरूमलगायतका भवन निर्माणको काम सकिएको छ । ११ वर्षअघि नै सकिनुपर्ने भवन निर्माण व्यवसायी र तानसेन नगरपालिकाको लापरवाहीले अलपत्र परेको थियो । 

शीतभण्डारको भवन निर्माण कार्य सकिए पनि आवश्यक मेशिनरी सामान अझै आउन बाँकी रहेको तानसेन नगरपालिकाले जनाएको छ । शीतभण्डार बनाउन भारतीय राजदूतावासको सहयोगमा २०६९ फागुन २३ गते २ वर्षमा काम सम्पन्न गर्ने गरी ४ करोड ४ लाख र तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार रूपैयाँ लागत साझेदारीमा ठेक्का लागेको थियो । 

पाल्पा, गुल्मी, स्याङ्जाका किसानलाई आफ्नो उत्पादन भैरहवामा रहेको कोल्डस्टोरमा लैजानुपर्ने बाध्यता हटाउन पाल्पामा कोल्डस्टोर निर्माण गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.