
काठमाडौं । वेमौसमी वर्षाका कारण कृषि क्षेत्रका साढे तीन अर्ब भन्दा बढीको आर्थिक क्षति भएको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मूख्यगरी धान बाली, केराखेती र तरकारीमा बढी क्षति भएको मन्त्रालयका सहप्रवक्ता महानन्द जोशीले जानकारी दिनुभयो । यो प्रारम्भिक तथ्याङक हो । संघीय मन्त्रालयले प्रदेश सरकारसँग क्षतिको विवरण संकलन गरिरहेको हुँदा अझै बड्न सक्ने बताएको छ ।
गत असोजमा इलाममा आएको पहिरोका कारण किसानका गोठ तथा पशुमा क्षति भएको छ । त्यस्तै बाढीका कारण झापामा बंगुरपालनमा असर पुर्याएको थियो । साना तथा सिमान्तकृत किसान समस्यामा परे पनि किसान पुनर्स्थापनाका विषयमा अझै सरकारले योजना बनाएको छैन ।