
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो । गभर्नर पौडेलले नयाँ विजनेस बनाएर अघि बढ्नसके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताउनु भयो ।
उहाँले अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढनका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको बताउनु भयो । गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसुची बाधकको रूपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता समेत औँल्याउनु भयो ।