
काठमाडौं । सेयर बजार परिसूचक-नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक मंगलबार २७ दशमलब छ-चार अंकले घटेर २५ सय ९५ दशमलब दुई-चार कायम भएको हो । मंगलबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब १५ करोडको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २ सय १३ कम्पनीको घटेको छ ।
मंगलबार मुक्तिनाथ कृषि कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको थियो भने माबिलुङ इनर्जीको सेयर मूल्यमा पोेजेटिभ सर्किट लागेको थियो । यस्तै, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।