चाँडो विवाद समाधान गर्न उद्योग संगठन मोरङको आग्रह

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चाँडो विवाद समाधान गर्न उद्योग संगठन मोरङको आग्रह

विराटनगर । उद्योग संगठन मोरङले डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवादमा उद्योगहरूको बिजुली काट्दा त्यसले अर्थतन्त्रलाई असर पारेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आइतबार उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुल विवादले समस्या सिर्जना गरेको भन्दै जजसले यो सुविधा प्रयोग गरेका छन् उनीहरूले बक्यौता तिर्नुपर्नेमा जोड दिएको छ । तर उद्योगहरूमा बिजुली काट्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने, उत्पादन ठप्प हुने, राजश्व तथा बैंक व्याज भूक्तानीमा समस्या हुने, बजार श्रृंखलामा नकारात्मक प्रभाव पर्ने हुँदा यसमा गम्भीर हुन सरकारलाई समेत आह्वान गरेको छ ।

विवादित विषयलाई तत्कालै न्याय निरूपणका लागि सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरूले जोड दिनुपर्ने उद्योग संगठन मोरङको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.