पहिरोले ४ वटा घरका साथै एउटा कुखुरा फार्ममा क्षति

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिरोले ४ वटा घरका साथै एउटा कुखुरा फार्ममा क्षति

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-३ पाङ-सिङमा गएको पहिरोले ४ वटा घरका साथै एउटा कुखुरा फार्ममा क्षति पुगेको छ । 

अविरल वर्षापछि आएको लेदोसहितको पहिराले ढुंगा र काठले बनाएको स्थानीय सर्किनी गुरूङ, जुक बहादुर गुरूङ ,धन्डुक गुरूङ, कमला गुरूङका घर पहिरोका कारण क्षति पुगेको हो । त्यस्तै देवेन्द्र गुरूङको कुखुराको फर्म र त्यसमा रहेको कुखुरा बगाएको सिर्दीबास प्रहरी चौकी गोरखाले जनाएको छ । 

घरमा क्षति पुगेकाहरू अहिले आफन्तका घरमा बसेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.