खाद्य सुरक्षाका लागि सहरी आसपासका क्षेत्रमा कृषि खेती बढाउन विज्ञकाे सुझाव

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
खाद्य सुरक्षाका लागि सहरी आसपासका क्षेत्रमा कृषि खेती बढाउन विज्ञकाे सुझाव

काठमाडौं । सामान्य वर्षा हुँदा हाम्रा राजमार्ग अवरूद्ध हुन्छन् र खाद्य आपूर्तिमा प्रणालीमा असर परिहाल्छ । 

खाद्य सुरक्षाका लागि सहरी आसपासका क्षेत्रमा कृषि खेती बढाउन विज्ञले सुझाएका छन् । तर काठमाडौंसहित मुख्य सहर आसपासमा खेती योग्य कम हुँदै गएपछि जग्गा पाउनै किसानलाई समस्या छ ।  अहिले काठमाडौंमा उत्पादित तरकारीले माग धान्न सकेको छैन । तर काठमाडौंमा उत्पादित कतिपय तरकारी बाहिरी जिल्लामा समेत जाने गरेको छ । 

विशेषगरी काठमाडौंमा उत्पादित गोलभेडा चितवनदेखि पोखरासम्म पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले टनेलमा व्यवसायिक तरकारी खेती गर्न थालेपछि उत्पादन बढेको छ । विज्ञहरूले सहरी कृषि मजबुद बनाउन युवालाई सहयोग गर्न सुझाएका छन् ।

कोरोना महामारीले नेपाल जस्तो कठिन भूगोल भएका देशमा सहर र आसपासमा व्यवसायी खेती गर्नुपर्छे भन्ने सिकायो । त्यसपछि कौशी खेती र फेमिली फार्मिङका बहस धेरै भए । त्यही आधारमा सहर र आसपासमा कृषि कर्म गर्नेहरू बढ्न थालेका छन् । यसलाई बढाउन र टिकाउन सरकारी जग्गा करारमा दिने व्यवस्था मिलाउन सके रोजगारी र खाद्य उत्पादनसमेत बढाउन सकिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.