अविरल वर्षाले सुनसरीका किसानकाे तरकारीमा क्षति

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षाले सुनसरीका किसानकाे तरकारीमा क्षति

सुनसरी । मोन्था चक्रवातको प्रभावले अविरल वर्षा भएपछि सुनसरीका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

दुई दिनको अविरल वर्षाका कारण सुनसरीमा व्यवसायीक तरकारी खेती गरेका किसानले नोक्सानी बेहोर्नुपरेको हो । गत असोज तेस्रो साताको बाढी तथा डुबानले थला परेका किसानलाई दुई दिनदेखिको झरीले थप पीडा दिएको छ । तरकारी खेतीका लागि उर्वरभूमी मानिएको इनरूवा, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा बेमौषमी झरीले बढी क्षती पुर्‍याएको हो । 

जमिन भाडामा लिएर बैंकबाट ऋण काढेर गरिएको तरकारी खेती नष्ट भएपछि किसान चिन्तित बनेका छन् । वर्षा तथा डुबानले बेमौसमी तरकारीको रूपमा काउली, मुला, भण्टा, प्याज, घ्यू सिमी, तमेबोडी, काक्रो, भिन्डी, फर्सि, घिरौलालगायतका तरकारीबालीमा नोक्सान पुगेको छ । 

क्षतिको विवरण संकलन भइरहेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । सुनसरीमा वार्षिक सात सय टन तरकारी उत्पादन हुन्छ । यहाँ उत्पादित तरकारी काठमाडौंसम्म पुर्‍याइने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.