.png&w=1000&height=550)
पाल्पा । केन्द्रीय, प्रादेशिक, जिल्ला र स्थानीय तहका वडा तहसम्म आफ्नो विचारलाई विस्तार गर्ने एजेन्डासहित पाल्पामा सम्पन्न जेन-जी राष्ट्रिय सम्मेलनले बडापत्र-२०२५ जारी गरेको छ ।
बडापत्र साझा प्रतिवद्धता भएकाले दण्डहीनताको अन्त्य गर्न, परदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माण गर्न, युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न, पूर्णरुपमा कानुनी राज्यको पालना गर्न सहयोग पुग्ने बताइएको छ ।
सम्मेलनमा सात प्रदेशका संयोजकसहित ४० जिल्लाका जेन*जीहरूसहित ३ सय जनाभन्दा धेरै सहभागी थिए । काठमाडौं बाहिरका जेन-जीलाई एकजुट गराउन सम्मेलनले सहयोग पुगेको दाबी आयोजकको छ।