प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेशका प्रधानन्यायधीश सायद रेफाट एहमदको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत नेतृत्वमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिष्ट्रार विमल पौडेलसहितको टोली गएको हो । टोलीले कात्तिक १५ देखि १८ गतेसम्म बंगलादेशको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.