
काठमाडौं । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी)ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ ।
एनडीपीको शुक्रबार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिनुभएको हो । उहाँले एनडीपीसहितको समुहले मिलेर सो जलविद्युत परियोजना निर्माणका लागि सम्झौता गरेको बताउनु भयो । उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उहाँले बताउनु भयो ।
भारतको सिमासम्म पुग्ने गरि उक्त ठाउँमा विद्युत प्रशारण लाइनसमेत बनिसकेको उहाँको भनाइ छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाइवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।