
काठमाडौं । नेपाली मूलका उद्यमी समीर मास्केले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युज मसिन्सको सेयर अमेरिकाको प्रतिष्ठित स्टक मार्केट नास्डाकमा कारोबार सुरू भएको छ ।
बौद्धिक कृत्रिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी काम गर्ने यो कम्पनीले दुई वर्षअगाडि गरेको 'मर्जर' पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न लागेको हो । नास्डाकले सीएसएलएम एक्विजेसन कम्पनी र फ्युजमसिन इन्कबीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएपछि नास्डाक पुाजीबजारमा कारोबार सुरू भएको हो ।
यो कम्पनीमा ३ सय ५० कर्मचारी छन् । तीमध्ये २ सय ६० जना नेपालमा कार्यरत छन् । कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम छन् ।