कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

आश्विन २६, २०८२ |टेकराज जोशी
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी । उद्योगी-व्यवसायीहरूको छाता संगठन कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन्। 

ओझाले आफ्ना प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पारेका हुन्। निर्वाचनमा ओझाले ९५० मत प्राप्त गरेका छन् भने स्वाँरले ८८९ मत पाएका थिए।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा(अब्बु) विजयी भएका छन्।

संघको महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।