दाङका मासु पसल बन्द

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दाङका मासु पसल बन्द

दाङ । वृद्धि गरेको मूल्य लागु गर्न नपाएपछि दाङका खसी मासु व्यवसायीहरूले अनिश्चितकालका लागि मासु पसल बन्द गरेका छ ।

जिल्ला प्रशासन कार्यालयले मासु व्यवसायीहरूले वृद्धी गरेको मूल्य तत्काल कार्यान्वयन नगर्न-नगराउन भनेपछि व्यवसायीहरू पसल बन्द गरेर आन्दोलित भएका हुन् । असोज २२ गते व्यवसायीहरूले उद्योग वाणिज्य संघ सहितको समन्वयमा असोज २५ गते देखि कार्यान्वयन गर्ने गरी प्रतिकिलो ९ सय रूपैयाँ रहेको मासुको मूल्यमा १ सय रूपैयाँ मुल्य वृद्धी गरेका थिए ।

मासुको मूल्य वृद्धी नगर्ने हो भने प्रशासनले नै खाद्य संस्थानमार्फत पुरानै मूल्यमा आफुहरूलाई खसीबोका उपलब्ध गराउनु पर्ने माग व्यवसायीहरूको छ । दाङको घोराहीमा मात्रै ३० वटा खसी बोकाको मासु पसल रहेको छ भने दैनिक ६० देखि ८० वटासम्म खसीबोका खपत हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.