डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्ने अवस्था नरहेको उद्योगी व्यवसायीकाे भनाइ

आश्विन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्ने अवस्था नरहेको उद्योगी व्यवसायीकाे भनाइ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न सूचना जारी गरेपछि उद्योगी व्यवसायीले भने अहिले तिर्ने अवस्था नरहेको बताएका छन् ।

आन्दोलनका कारण ठूलो क्षति भएको र अर्थतन्त्रमा समेत समस्या परेका बेला बक्यौता तिर्न नसकिने उद्योगी व्यवसायीको भनाइ छ । विद्युत् प्राधिकरणले भने कात्तिक १७ गतेसम्म नै बक्यौता तिर्न भन्दै आइतबार सूचना जारी गरेको छ । 

उद्योगी-व्यवसायी भने अहिले पनि पुरानै अडानमा छन् । उनीहरू त्यो बेला उपभोग गरेको बिल पेस गर्न भनिरहेका छन् । साथै सम्झौता नै नगरी यस्तो सेवा दिएको भनेर प्राधिकरणले रकम तिर्न भनेको उनीहरूको आरोप छ ।

उर्जामन्त्री बनेसँगै कुलमान घिसिङको पहिलो निर्णय नै बक्यौता उठाउने थियो । त्यसैअनुरूप नै घिसिङले प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई हटाएर नयाँ कार्यकारीको रूपमा मनोज सिलवाललाई नियुक्त गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.