मिटर ब्याजपीडित फेरि आन्दोलित

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिटर ब्याजपीडित फेरि आन्दोलित

काठमाडौं । मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन् ।

आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन् । 

आइतबार उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटिर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.