निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरूरी : एमाले सचिव भट्टराई

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरूरी : एमाले सचिव भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालको निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा समेत सहभागी गराउन जरूरी रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यमान कानून र थप आवश्यक कानून निर्माण गरेर निजी क्षेत्रलाई डिजिटल क्षेत्रमा सहभागी गराउनुपर्नेमा उहाँको जोड छ । 

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्र सरकारले मात्रै हेर्ने तथा अन्य क्षेत्रमा पिपिपी मोडलमा जानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सरकारले विगतमा बिजुली उत्पादनमा जोड दिएपनि ट्रान्समिसन लाइन विस्तारमा ध्यान नदिँदा विद्युत प्रवाह गर्न समस्या भइरहेको उल्लेख गर्नुभयो । 

निजी क्षेत्रलाई काम गर्ने वातावरण र लगानीको सुरक्षित गर्ने दिशामा अघि बढ्दै हरेक क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । उहाँले अनौपचारिक अर्थतन्त्रको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेमा पनि जोड दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.