काठमाडौं। प्राइम एसोसिएट्स प्रा.लि. नेपालभरका लागि जर्मनीको जोन डियरे समूहअन्तर्गतको विटगन ग्रुप (Wirtgen Group) द्वारा निर्मित उपकरण र औजारहरुको आधिकारिक विक्रेता नियुक्त भएको छ।
१८ वर्षदेखि अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले अब विटगन, भोग्ले, ह्याम र क्लिम्यान ब्रान्डका अत्याधुनिक मेसिनरी नेपाली बजारमा उपलब्ध गराउनेछ। यी उपकरण सडक निर्माण, पुनर्स्थापना तथा ढुंगा क्रसिङ र खानी सञ्चालनमा प्रयोग हुने विश्वसनीय र गुणस्तरीय उत्पाद मानिन्छन्।
सो अवसरमा ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी पनि नेपालमा लन्च गरिएको छ। यसमा इको–फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी, थ्री–पोइन्ट आर्टिक्युलेसन, इर्गोनोमिक ड्राइभर प्लेटफर्म तथा इन्टेलिजेन्ट वाटर स्प्रिंक्लर सिस्टम जस्ता विशेषता रहेका छन्।
प्राइम एसोसिएट्सले देशभर सेवा नेटवर्क विस्तार गरी दक्ष प्राविधिकमार्फत बिक्रीपछिको सेवा र आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने जनाएको छ।