दशैं आए पनि मृतक परिवारमा सन्नाटा, प्रधानमन्त्री भन्नुहुन्छ- सरकारमा हुनेको बुद्धि पुगेन, त्यसकारण दुर्घटना भयाे

आश्विन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैं आए पनि मृतक परिवारमा सन्नाटा, प्रधानमन्त्री भन्नुहुन्छ- सरकारमा हुनेको बुद्धि पुगेन, त्यसकारण दुर्घटना भयाे

काठमाडौं । सबैको घरमा दशैं आए पनि जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारमा भने यसपालि दशैं आएन । 

मृतकका अभिभावकलाई आफ्ना सन्तान गुमाउनु परेको पीडा त छ नै, आन्दोलनको माग पूरा होला कि नहोला भन्ने संशय पनि छ। भदौ २३ गतेको आन्दोलनका क्रममा नयाँ बानेश्वरमा गोली चल्दा काठमाडौंको वनस्थली ढुंगेधाराका ३८ वर्षीय सौरन किशोर श्रेष्ठ त्यहीँ हुनुहुन्थ्यो। सौरनको छातिमा गोली लाग्यो। उपचारका लागि अस्पताल पुर्‍याए पछि उहाँको निधन भयो।

अरूले दशैंको टीका लगाइरहेको दिन उहाँको परिवारमा सन्नाटा थियो। प्रधानमन्त्री सुशिला कार्की र सञ्चार मन्त्री जगदीश खरेल बिहिबार उहाँको घर पुग्नभयो। प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैले परिवारमा समवेदना प्रकट गर्नुभयो र परिवारको कुरा सुन्नुभयो।

प्रधानमन्त्री कार्कीले आजै नागार्जुन-३ स्थित कान्छी नगरकोटी र कीर्तिपुर २ मैत्रीनगरका बुद्धिबहादुर तामाङका आफन्तसँग पनि भेट गर्नु भयो । भेटपपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेन-जीको आन्दोलनमा धेरैको ज्यान गएको बताउनुभयो । 

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको प्रधानमन्त्रीको भनाइ थियो । सञ्चारमन्त्री खरेलले प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताउनु भयो । शहीदहरूको रगतमाथि अन्याय हुन नदिन र शहीदहरुको रगतले न्याय पाउनुपर्ने विषय शहिदका परिवारले राखेको खरेलले बताउनु भयो ।

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका ४१ वर्षीय बुद्धिबहादुर तामाङ पनि अग्रपंक्तिमै थिए । उहाँलाई पनि गोली लागेको थियो । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा हालसम्म ७६ जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.