सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस् : विनोद चौधरी

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस् : विनोद चौधरी

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उहाँले त्यसको निर्णय लिन सरकारलाई सचेत गराउनुभएको हो । 

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । 

सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको पनि बताउनु भयो । सांसद चौंधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.