काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिनुभयो ।
मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको उहाँको भनाइ छ । मधेस प्रदेशमा पनि ८० प्रतिशत भन्दा बढी रोपाईं भइसकेको बताउनु भयो । अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको बताउनु भयो ।