नेपालमा इन्धन संकटको डर छैन, स्टक पर्याप्त रहेकाे आयल निगमकाे भनाइ

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा इन्धन संकटको डर छैन, स्टक पर्याप्त रहेकाे आयल निगमकाे भनाइ

काठमाडौं । विश्वका कैयन मुलुकमा इन्धन संकट सुरू हुँदा नेपालमा भने तत्काल त्यसको कुनै असर नपर्ने आयल निगमले जनाएको छ। 

आयल निगमले अहिले स्टोरेज ८० देखि ९० प्रतिशत स्टक रहेको जनाएको छ । यसअघि सामान्य अवस्थामा ६५ देखि ७० प्रतिशत रहने गरेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभएको छ ।

साथै भारतीय आयल कर्पोरेसनले नेपालाई निरन्तर तेल दिने जनाएको छ। भारतमा एक दिनमा खपत हुने तेल बराबर नेपालमा एक वर्षमा खपत हुने भएकाले भारतबाट निरन्तर तेल पाउने निगमको आशा छ । त्यसैले आयल निगमले नेपालमा आफ्ना ग्राहकलाई नआत्तिनसमेत आग्रह गरेको छ । 

नेपालबाट खाडी मुलुकतर्फ हुने उडान अवरोध हुँदा हवाई इन्धनको त दैनिक खपत नै घटेको छ। सामान्य अवस्थामा दैनिक साढे पाँच लाख लिटर इनधन खपत हुने गरेकामा अहिले साढे तीन लाख मात्रै खपत भइरहेको निगमले जनाएको छ । अहिले भएको खपत अनुसार हवाई इन्धन १५ दिनका लागि धान्न सकिने मौज्दात रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.