काठमाडौं । बैंकका अध्यक्षहरूले बैंक तथा वित्तीय संस्था सम्वन्धी विधेयक २०८० मा संसोधन आवश्यक रहेको बताएका छन् ।
गभर्नर विश्व पौडेलसँग बुधबार भएको छलफलमा बैंकका अध्यक्षहरूले अहिलेको बिधेयकमा रहेका बिरोधाभाष व्यवस्था संशोधन गर्नुपर्ने सुझाव दिएका हुन् ।
एकातिर ५१ प्रतिशत सेयर प्रवर्धकको हुनुपर्ने र अर्कातिर यस्ता प्रवर्धकले १ प्रतिशतभन्दा बढि सेयर भए ऋण लिन नपाउने व्यवस्थामा बिरोधाभास रहेको उनीहरुको भनाइ छ ।
साथै धेरै प्रवर्धक हुँदा यसले भोलिका दिनमा बैंकको जिम्मेवारी लिने ब्यक्ति नभएको अवस्थामा समस्या निम्त्याउन सक्ने उनीहरूको भनाइ थियो । ब्यापारीहरूलाई बैंक नै चलाउन नदिने गरि नीति आउँदा यसले पनि समस्या निम्त्याउने उनीहरूको भनाइ थियो ।
साथै बैंक र व्यवसायी छुट्याउने भए एक्जिट पोलिसीसमेत आवश्यक रहेको अध्यक्षहरूको भनाइ थियो ।