काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतिले पारित भएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिएको हो ।
आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रूपैयाँको बजेट ल्याएको छ । महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रूपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट ल्याएको थियो । महानगरको बुधबारको नगरसभामा जनप्रतिनिधिहरूले घोषणा बमोजीम काम गर्न नसकेको भनेर मेयर बालेन्द्र शाहलाई प्रश्न गरेका थिए ।