लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनु भयो । 

उहाँले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताउनु भयो । उहाँले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गर्नुभयो । 

यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरूरी रहेको बताउनु भयो । जलविद्युत आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडृले चाँडै शेयर निष्कासन गर्ने उहाँले बताउनु भयो । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पती भएको उहाँकाे भनाइ छ । पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गर्नुभयो ।

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताउनु भयो । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनु भयो । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.