काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरूको समाधान केही हदसम्म गरेको बताउनु भयो ।
उहाँले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताउनु भयो । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसाबले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको उहाँले बताउनु भयो ।
मन्त्री ठुकरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरूदण्डका रूपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताउनु भयो । विद्युतको सम्भावनालाई मूर्त रूप दिनसक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको उहाँले बताउनु भयो ।