उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल

काठमाडौं । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताउनु भयो । 

उहाँले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरूरी रहेको बताउनु भयो । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने उहाँले बताउनु भयो ।

विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको उहाँले बताउनु भयो । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरूरी रहेको उहाँकाे भनाइ छ । अहिले आएको विद्युत ऐन सही नरहेको पनि उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.