काठमाडौं । घूस मोलमोलाइ प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री रामकुमार गुप्ताले पदबाट राजीनामा दिएर मात्रै नहुने भन्दै विपक्षी दलका सांसदहरूले तत्काल गिरफ्तार गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अरू मन्त्री समेत मुछिएको भन्दै उनीहरूमाथि पनि छानबिन र कारबाही गर्न माग गरेका हुन् ।
सत्तारुढ दल नेकपा एमालेका सांसद पदम गिरीले सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताउनुभयो ।
सांसदहरूले रोपाइँका बेला सिँचाइ अभावमा किसान प्रताडित भएको, मल दिन सरकार असफल रहेको र विकासका काम तीव्र हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।