‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी वर्षका कार्यक्रमहरू बनाउन सहज हुनेछ’

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी वर्षका कार्यक्रमहरू बनाउन सहज हुनेछ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताउनुभएको छ ।

मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताउनु भयो । उहाँकाअनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनियता राखिएको हो ।

राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष सुरू हुनु अगावै मौद्रिक नीति ल्याउन कोशिस गरिने बताउनु भयो । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उहाँको विश्वास छ ।

उहाँले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.