काठमाडौं । चौतर्फी दबाबपछि सरकारले उखुमा दिँदै आएको प्रोत्साहन अनुदान रकम आर्थिक वर्षको अन्तिममा निकासा गरेको छ ।
३० वर्षदेखि दिइँदै आएको प्रोत्साहन अनुदान प्रधानमन्त्रीको कार्यालयले दिनु नपर्ने बताएपछि रोकिएको थियो । प्रतिक्विन्टल ३५ रूपैयाँका दरले प्रोत्साहन रकम निकासा गरिएको कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिमतिर स्वीकृति दिएपछि ८ जिल्लाका किसानका लागि ७५ करोड रूपैयाँ निकासा गरिएको हो । ३० वर्षदेखि दिइँदै आएको अनुदान रोकेको भन्दै किसानका प्रतिनिधिहरूले कृषिमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका थिए ।