नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउन तयारी

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउन तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउन तयारी थालेको छ । छिट्टै नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले छलफल अघि बढाएको छ ।

बिहिबार बेलुका मात्रै राष्ट्र बैंकको सञ्चालक समिति बैठक बोलाइएको थियो । बैठकमा मौद्रिक नीतिसँगै अन्य विषयमा छलफल भएको छ ।

मौद्रिक नीति ल्याउनका लागि नै बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलसँग अन्तरिम रिपोर्ट पनि मागिसकिएको छ । आज दिनभर उच्चपदस्थ अधिकारीसँग‍ मौद्रिक नीतिका विषयमा छलफल भएको थियो । यद्यपि, भोलि नै मौद्रिक नीति ल्याउने वा नल्याउने भन्ने विषयमा भने टुंगो लागेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.