काभ्रेको धुलिखेल नगरपालिकामा दुई दिने रोजगार मेला सुरू, एक सय जनालाई रोजगारी दिने तयारी

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काभ्रेको धुलिखेल नगरपालिकामा दुई दिने रोजगार मेला सुरू, एक सय जनालाई रोजगारी दिने तयारी

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाको आयोजनामा दुई दिने रोजगार मेला सुरू भएको छ। धुलिखेलमा आयोजित रोजगार मेलामा एकसय जनालाई रोजगार दिने गरी तयारी गरिएको छ।

मेलामा सम्भावित रोजगारदाता तथा रोजगार खोजीकर्तालाई भेला गराई, समन्वयको भूमिका नगरपालिकाले खेलेको छ । आगामी दिनमा समेत रोजगार केन्द्रमार्फत यो भूमिकलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

दुई दिने मेलाअन्तर्गत स्थानीय आर्थिक समुन्नति, शिक्षा, पर्यटन तथा स्वास्थ्य क्षेत्रमा नगरले गरेको काम र आगामी चुनौतीका बारेमा प्यानल डिस्कसन समेत गरिनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.