काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउलगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिनुभयो ।
सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।