न्युनतम पारिश्रमिक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्युनतम पारिश्रमिक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को आह्वानमा श्रमिक संघ संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरूले न्युनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । 

साथै ३० हजार ४ सय ४३ रूपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमीक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमीकको प्रत्येक दुई वर्षमा तलब भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताउनु भयो । 

श्रमिकहरू महंगीको चपेटामा परेको उहाँले बताउनु भयो । तलब भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षताअनुसार नभएको उहाँकाे भनाइ छ । बिहिबार सात प्रदेश र देशभरका मुख्य औद्योगिक सहरहरूमा आन्दोलन आफूहरुले गरेको उहाँले बताउनु भयो । संविधानमा श्रम ऐन लचकताको नाममा श्रमिक विरोधी काम गरिएको उहाँलेकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.