काठमाडौं । डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
भारतको प्रमुख एफएमसीजी समूह र मल्टी बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुपअन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने घोषणा गरेको हो ।
क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ । जसमा स्ट्रेट मसला, विविध मिश्रति मसला, पेस्ट तथा साबुत मसला समावेश छन् ।
क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ र चाँडै अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ। यो ब्रान्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा स्टोरहरू, नेपाली सेनाका क्यान्टिनहरू, सामान्य खुद्रा पसलहरू, होटेल, रेस्टुरेन्ट, क्याफेहरू तथा दराज जस्ता इकमर्स प्लेटर्फममार्फत उपलब्ध हुनेछ ।